वसन्तपुरमा चीर ठड्याइएपछि होली पर्व प्रारम्भ

काठमाडौं । नेपाली समाजमा परम्परागत रूपमा मनाइने होली पर्व आज बिहान वसन्तपुरमा चीर ठड्याइएपछि प्रारम्भ भएको छ । यसपटकको होली पर्व काठमाडौं उपत्यका, पहाडमा यही चैत ११ गते परेको छ भने तराईका जिल्लामा १२ गते मनाइने भएको छ । मुख्य होली पर्व मनाउने दिनभन्दा सात दिन अगाडि चीर ठड्याउने प्रचलन रहेको छ । चीर आज आइतबार बिहान ७ः४७ बजेको शुभ साइतमा ठड्याइएको छ ।

फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी कपडाका टुक्राहरू तीन तले चीरको लिङ्गोमा सजाइन्छ । करिब ३० फिट अग्लो चीरलाई काठमाडौंका नेवार समुदायका मानन्धर थर भएकाले उभ्याउने गरिन्छ । नेवारी भाषामा चीर स्वायगु अर्थात् चीर ठड्याउने भनिन्छ । आगामी पूर्णिमाको रातमा चीरको लिङगोलाई सदर टुँडिखेलमा दहन  गरेपछि होली पर्व समाप्त हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर