म्यानचेस्टर सिटी एफए कपको अन्तिम चारमा

काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको अन्तिम चारमा पुगेको छ। गएराति भएको अन्तिम आठको खेलमा न्यूकासललाई २-० गोलले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो। सिटीको जितमा दुवै गोल बर्नान्डो शिल्भाले गरे। उनले दुवै गोल पहिलो हाफमा गरेका थिए। खेलको १३ मिनेटमा पहिलो गोल गरेका उनले ३१ मिनेटमा अग्रता दोब्बर पारे। खेलको १३ मिनेटमा पहिलो गोल गरेका उनले ३१ मिनेटमा अग्रता दोब्बर पारे। कपमा आज म्यानचेस्टर युनाइटेड र लिभरपुल तथा चेल्सी र लेस्टरबीच खेल हुँदैछ।
प्रतिक्रिया