भोजपुरमा आगलागीबाट तीन बालबालिकाको मृत्यु

काठमाडौं ।  भोजपुरको हतुवागढी–७ पिप्लेमा आगलागीमा परी तीन जना बालकालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय दियुनिष कार्की, ५ वर्षीय प्रनिष कार्की र ७ वर्षीय दीपशिखा कार्की रहेका छन् । आगलागीमा परी मृत्यु भएका उनीहरु एकाघरका हुन् । प्रनिष केदार कार्कीका छोरा हुन् भने दीपशिखा र दियुनिष केदारका भाइ रमेशका छोरीहरु हुन् । ती बालबालिकाहरु खेलिरहेको ठाउँमा अचानक आगोलागी भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर