प्रतिनिधिसभामा कांग्रेसको अवरोध जारी रहने सम्भावना

काठमाडौं । संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा गुहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्नता भएको बाहिर चर्चा आएका व्यक्ति सरकारमा बसिरहनु नैतिकताका दृष्टिले उपयुक्त नहुने भएकाले यस विषयमा प्रधानमन्त्रीको जवाफ खोज्दै बैठक अवरुद्ध गरेका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजको बैठकमा पनि उही माग दोहो र्‍याएर अवरोध खडा गर्ने कोसिस गर्ने भएको कांग्रेसका नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर