बाबुरामको पार्टीमा फेरि फुट, महिन्द्रराय यादव माओवादीसँग एकीकृत भए

काठमाडौं । नेकपा माओवादी र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति भएको छ । पार्टीका अध्यक्ष द्वयबिच आज शनिबार भएको संयुक्त बैठकपछि पार्टी एकीकरण गर्ने सहमति भएको माओवादी पार्टीले जनाएको छ । यो पार्टी एकीकरण गर्ने निर्णयसँगै डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी टुक्रिएको छ । पार्टीका अध्यक्ष महिन्द्रराय यादव माओवादस्सँग मिल्न आतुर देखिए भने बाबुराम एकीकरणको पक्षमा थिएनन् । समाजवादी पार्टी एकीकृत भएको कानुनी मान्यता पाएपछि माओवादी पार्टीको प्रतिनिधिसभामा माहिन्द्रराय यादवको एक सिट थपिने भएको छ । यादव सर्लाही जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर