प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पीडक र रकम दुरुपयोग गरेको भन्दै उनको राजीनामा माग गर्दै कांग्रेसले बैठकमा विरोध गरेका थिए ।

बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कुनै पनि मन्त्री अनुसन्धानको दायरामा छ भने त्यस्तो मन्त्रीलाई पदमा बस्ने हक नहुने मान्यता स्थापित भएको बताउँदै यस विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने आफ्नो दलको माग रहेको बताए ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको पहिलो बैठकपछि सुरु भएको दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरुले प्रधानमन्त्रीको जवाफ नआएसम्म अवरोध जारी रहने अडान लिएकाले सभामुख घिमिरेले आइतबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए । आजको बैठकमा गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने र आगामी बजेटका प्रथामिकतामाथि छलफल गर्ने कार्यसूची थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर