भक्तपुरको सल्लाघारीमा दुई दिने निरंकारी सन्त समागम आयोजना गरिँदै

भक्तपुर । सन्त निरंकारी मण्डल नेपालले भक्तपुरको सल्लाघारीमा दुई दिने २३ औं निरंकारी सन्त समागम कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रम भोलि चैत ३ र ४ गते आयोजना हुँदैछ ।
कार्यक्रमसम्बन्धी जानकारी दिन आज शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सन्त समागमको आयोजना सत्गुरु माता सुदीक्षाजी महाराजको सानिध्यमा हुने बताइयो । पत्रकार सम्मेलनमा सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा भएको जानकारी दिइयो ।
सन्त निरंकारी मण्डल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सामाजिक संस्था भएको र यसले ०७२ सालको भूकम्पको बेलादेखि समाजसेवा गर्दै आएको छ । समागम कार्यक्रममा करिब १२ सय स्वयंसेवकहरूले सेवा प्रदान गरिने पनि पत्रकार सममेलनमा जानकारी दिइयो ।

समागम स्थल सल्लाघारीमा स्वास्थ्यसेवा, क्यान्टिन, कल्याण यात्रा, निरंकारी प्रदर्शनी, साहित्य, फोटो, श्रद्धालु भक्तजनहरूका लागि आवास र निःशुल्क भोजन व्यवस्थालगायत थुप्रै स्टलहरूको व्यवस्थापन गरिने भएको छ । यसभन्दा अघि सन्त निरंकारी मण्डल नेपालले गत फागुन २६ गते रक्तदान कार्यक्रमको आयोजन गरी १२७ प्वाइन्ट रगत संकलन गरेको थियो । सन्त निरंकारी मण्डल नेपालले आफ्नो अमृत प्रोजेक्टको माध्यमबाट नदीनाला, मशानघाटलगायत सार्वजनिक स्थलहरू सरसफाईमा विशेष अभियान सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर