रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

काठमाडौं ।  रौतहटमा शुक्रबार दिउँसो एक जना मनि ट्रान्सफरका सञ्चालकमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । जिल्लाको परोहा नगरपालिका–९ रामपुरखापस्थित शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । सञ्चालकमाथि गोली प्रहार गर्ने समूहलाई पक्राउ गरिएको रौतहटकी प्रहरी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन्। उनलाई उपचारको लागि वीरगञ्ज ल्याइएको छ । लुटपाट गर्ने उद्देश्यले मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको हुनसक्ने तर घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको गिरीले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर