सुन तस्करीमा कृष्णबहादुर महरालाई कारवाही गर्न सिफारिस

काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा मुद्दा चलाउन सिफरिस गरिएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरिएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेलाई भेटेर प्रतिवेदनले सिफारिस व्यक्तिहरूलाई कारवाही गर्न र प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन आयोगले महरासहित राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई समेत मुद्दा चलाउन सिफरिस गरेको छ । आयोगले सिआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारवाही गर्न पनि सिफारिस गरेको छ । महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल सुन तस्करीकै आरोपमा पहिलेदेखि नै पुर्पक्षका लागि थुनामा छन् ।

यसैगरी ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वआइजीपी धिरजप्रताप सिंहको संलग्नता भएको छानबिन प्रतिवेदनले औंल्याएको छ । सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका थिए । तर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिंहलाई अनुसन्धानको दायरामा ल्याएको थिएन । त्यसैले किरण बज्राचार्यलाई नसीहत दिन सिफारिस गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर