हिराशतमा रहेका बैंकरहरू हाजिरीजमानीमा रिहा

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेसहित १० जना हाजिर जमानीमा रिहा भएका छन् । कर्जा अपचलन गरेको आरोपमा नेपाल राष्ट्र बैङ्कको सिफारिसमा सिआइबीले उनीहरुलाई पक्राउ गरेको थियो । सेन्चुरी बैंक र प्रभु बैंक मर्ज भइसकेको छ । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीइओ हुन्।
उनीहरुलाई हरेक दिन सिीआइबीमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा छाडिएको हो । न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीइओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दीलिप बराल, सुवाशबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई नियन्त्रणमा लिएर सिआइबीले निरन्तर अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर