पेट्रोलियम पदार्थ अन्वेषणका उपकरण बोकेको ३० ट्रक दैलेखतर्फ पठाइने

काठमाडौं । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चाहिने उपकरणसहितका अन्य सामान गन्तब्यतिर लाग्ने भएको छ । नेपालगन्जको रुपैडिया भन्सार नाकामा आएर रोकिएका पेट्रोलियम पदार्थ अन्वेषणमा प्रयोग हुने उपकरणसहितका ३० वटा ट्रकहरु दैलेख पठाउन नेपालगन्जमा तयारी गरिएको छ।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि चाहिने उपकरणसहितका अन्य सामान अर्थ मन्त्रालयले बुधबार भन्सार छुट पत्रमा खानी तथा भू–गर्भ विभागकै नाम उल्लेख गरेर अनुमति प्रदान गरेपछि ती ट्रकहरु दैलेखतर्फ पठाउन सहज भएको हो । खानी तथा भू–गर्भ विभागका प्रमुख दिनेशकुमार नापित रुपैडियामा कारण्वश रोकिएका सामान केही दिनभित्रै दैलेखतर्फ लाग्ने बताए । कोलकाता बन्दरगाहमा दैलेखको पेट्रोलियम अन्तिम अन्वेषण कार्यका लागि ६० वटा ट्रक आइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर