सरकारी वकिलको नजरमा “गौशाला २६” नावालिग भएको पुनरावेदन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सरकारी वकिलको नजरमा “गौशाला २६” नावालिग रहेको छ । बतात्कार दोषी ठहर भएका लामिछानेविरुद्ध सजाय बढाउन माग गर्दै सरकारी पक्ष बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन लिएर पुगेको छ । सरकारी पक्षले पीडित भनिएकी ‘गौशाला २६’ नावालिग रहेको दाबी गर्दै नावालिग बलात्कारको कसूरमा सजाय थप गर्न माग गरेको हो ।

काठमाडौं जिल्ला अदालतले पीडित गौशाला २६ नावालिग नरहेको ठहर गरेको थियो। सन्दीपले यसअघि नै आफू निर्दोष रहेको दाबी गर्दै उच्च अदालत पाटनमा अपिल गरिसकेका छन् । लामिछानेले अपिल गरेपछि त्यसको विरुद्ध सरकारी पक्ष उभिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर