प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबिच भेट शिष्टाचार, रङ राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले भेट गरेका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत आर्जन गरेको भोलिपल्ट अर्थात् आज बिहीबार राजदूत सोङ्ले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । सो भेटलाई शिष्टाचार भनिएता पनि भेट अर्थपूर्ण मानिएको छ । नेपालको राजनीतिक वृत्तमा नयाँ सत्ता गठबन्धन निर्माण गर्नुमा चिनियाँ प्रभाव प्रयोग र संयोजन भएको चर्चासँगै राजदूतको सक्रियताले थप शंका उत्पन्न गराएको छ । भेटमा राजदूतले प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिएकोमा बधाई दिनुको साथै दुई देशबीचको सहकार्यलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताइन्छ ।
भेटमा आगामी बैशाखमा हुने लगानी सम्मेलनमा चीनबाट उच्चस्तरीय प्रतिनिधिहरुको सहभागी हुने, काठमाडौंमा चक्रपथको स्तरोन्नतिको लागि द्रुत गतिमा काम भइरहेको र नेपाल र चीनबीच विद्यमान चार वटा व्यापारिक नाका सञ्चालन हुँदै आएकोमा निकट भविष्यमा थप तीनवटा नाका प्रयोगमा ल्याउने फेहरिस्त राजदूतले प्रधानमन्त्रीलाई सुनाएको अधिकारीहरूले दावी गरेका छन् । (फाइलःतस्बिर) 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर