नेप्सेमा बुधबार झिनो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार झिनो अंकको गिरावट आएको छ । आज नेप्से २.४८ अंकले घटेर दुई हजार एक सय ८ दशमलव ७२ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९४ वटाको बढेको छ भने १३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आज अप्पर तामाबोशी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।