प्रधानमन्त्रीमाथि विश्वासको प्रस्ताव बहुमतबाट पारित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको आज बुधबारको बैठकमा विश्वासको मत हासिल गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डप्रति विश्वास छ भन्ने प्रस्तावको पक्षमा १५७ मत परेको र विश्वास छैन भन्ने प्रस्तावको पक्षमा ११० मत परेकाले प्रधानमन्त्री प्रचण्डको विश्वासको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधिसभाको आजको बैठकमा जम्मा २६८ जना सांसद उपस्थित रहेकोमा एक जना सांसदले विश्वासको प्रस्तावको पक्ष–विपक्ष कतै पनि मतदान गरेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर