भक्तपुरमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

भक्तपुर ।  भक्तपुरमा माटोको ढिस्कोले पुरिँदा एक किशोरको मृत्यु भएको छ। मंगलबार दिउँसो चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा माटोको ढिस्कोले पुरिँदा १६ वर्षका किशोरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका ६ उर्लाबारी घर भई हाल चाँगुनारायणमै डेरामा बस्दै आएका १६ वर्षका जसन स्याङतान छन्।

चाँगुनारायण नगरपालिका ९ ताथलीमा रहेको ताथली ईको भ्याली रिसोट नजिकै रहेको खाली जग्गामा वाल लगाउनको लागि जग खन्ने क्रममा अचानक माटोको ढिस्कोले किशोर पुरिएका थिए। खबर प्राप्त हुनसाथ प्रहरी प्रभाग सुडालबाट गएको प्रहरी टोलीले किशोरलाई उद्धार गरी ख्वप अस्पताल च्यामासिंह  पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर