आज ११ः४५ मा नेपाल र पिएनजी फाइनल खेल्दै

काठमाडौं । हङकङमा जारी टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै छन् । नेपाली समय अनुसार खेल ११ः४५ मा सुरु हुनेछ । पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । सिरिजको पहिलो खेल भने बर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए ।
प्रतिक्रिया