व्यवसायीलाई आतंकित नबनाउनू : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी, व्यवसायीको मनोबल गिर्ने गरी आतङ्कित नबनाउन गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्री पुनले गृहमन्त्री लामिछाने र आफूलाई राखेर प्रधानमन्त्रीले व्यवसायीको मनोबल उठाउने गरी काम गर्न निर्देशन दिएको बताए । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले हिजो मंगलबार अर्थमन्त्रीलाई भेटेको थियो । सोही क्रममा अर्थमन्त्री पुनले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई व्यवसायीको मनोबल गिर्ने र त्रासित बनाउने गरी कुनै पनि काम नगर्न निर्देशन दिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर