“यो परिवर्तन हामीले गरेको, गराएको हो, चीनले होइन”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइएको र नयाँ सत्ता गठबन्धन सरकारमा जाने हतारोले नबनेको बताएका छन् । पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा ओलीले सरकार परिवर्तन आफूहरूले नै गराएको बताए । चीनले गराएको भनेर टाढा नपुर्‍याउन उनले आग्रह गरे ।

“पुरानो गठबन्धनमा रहेकाहरू उन्माद थियो । यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने भन्ने कुरा थियो । खरानीको डल्लो फुट्नुपर्थ्यो”, उनले भने । “यो परिवर्तन हामीले गरेको, गराएको हो । यति जस त हामीलाई दिनुस् । कहाँ चीन पुर्‍याएको यति सानो कामलाई पनि । चीनले बनाइदियो रे, चीन आयो रे, चीन घुस्यो रे ! यस्ता कुरा नगर्नूस् । यत्रो मिहिनेत गरेर बनाइएको छ । यति जस त हामीलाई दिए हुन्छ नि ! कहाँ अर्कालाई दिएको हो ?” उनले भने ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । बैठकमा ओलीले प्रधानमन्त्रीले विश्वासको मत नपाएमा अल्पमतको अर्को सरकार बन्ने भन्दै आफ्ना सांसदहरुलाई सचेत गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर