वीरगन्ज मितेरी पुलमा भारतीय अस्थायी चेक पोस्ट हटेपटि आवतजावत सहज

काठमाडौं । नेपाल–भारत सीमा नाकाको वीरगन्ज – रक्सौल मितेरी पुलमा भारतीय सुरक्षाकर्मी सीमा सुरक्षा बलको (एसएसबी ) अस्थायी चेकपोस्ट हटेपछि आवतजावत सहज भएको छ । वीरगन्ज महानगरपालिका भारतीय महावाणिज्य दूतावास वीरगन्ज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य र पहलमा सोमबारदेखि भारतीय सीमा नाकाको मितेरी पुलको दुवै किनारामा रहेको भारतीय सीमा सुरक्षा बलको पोस्ट हटेको जानकारी ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतानले दिए ।

भारतीय सुरक्षाकर्मीले तेस्रो मुलुकका नागरिकको निगरानी र सुरक्षाको कारण देखाउँदै २०८० असोज ३ गतेदेखि मितेरी पुलमा एसएसबीको अस्थायी पोस्ट खडा गरी जाँचको नाममा दुवै मुलुकका सर्वसाधारण तथा उपभोक्ताहरूलाई अनावश्यक झमेला र कुटपिट समेत भएको जनगुनासो बढदै गएको थियो । यसै क्रममा फागुन १८ गते एसएसबीका सुरक्षाकर्मीले वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका बलिराम साह सोनारलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि असहज परिस्थिति बन्दै गएपछि वीरगन्ज महानगरपालिका भारतीय महावाणिज्य दूतावास वीरगन्ज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य र पहलमा सोमबार साँझदेखि भारतीय सीमा नाकाको मितेरी पुलको दुवै किनारामा रहेको अस्थायी चेकजाँच पोस्ट हटेपछि सीमा नाका क्षेत्रमा उत्पन्न अवरोध अन्त्य भएपछि आवागमन सहज हुँदा सर्वसाधारण खुसी भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर