हाइटीबाट राष्ट्रसङ्घीय कूटनीतिज्ञ फिर्ता

काठमाडौं । हाइटीमा अराजकता बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ रहेका आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता लगेको छ । सन् २०२० देखि नै गृहयुद्ध हुँदै आएको हाइटीमा हजारौँले ज्यान गुमाइसकेका छन् । केही हप्तादेखि सशस्त्र समूहले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । हाइटीका प्रधानमन्त्री एरियल हेनरी आफ्नो देश फर्कन नसके पछि अमेरीकी क्षेत्र पोर्टो रिको मै बसेका छन् ।

सशस्त्र समूहले अन्तर्राष्ट्रिय विमानस्थलसहित राजधानीको ८० प्रतिशत भूभाग कब्जा गरेर आक्रमण गरिरहेका छन् । उनीहरुको आक्रमणमा परेर कतिले ज्यान गुमाए र कति घाइते भएका छने भन्ने तथ्यांक संकलन गर्न नसकिएको बीबीसीको खबरमा उल्लेख छ। बीबीसीका अनुसार द्वन्द्वमा परेर मरेकाहरूको शव यत्रतत्र छरिएको र व्यवस्थापन हुन नसक्दा दुर्गन्ध समेत फैलन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर