नेपालले पपुवा न्युगिनीलाई दियो १ सय ९९ रनको लक्ष्य

काठमाडौं ।  त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १ सय ९९ रनको लक्ष्य दिएको छ । हङकङको टिन कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको छ।

नेपालका सन्दीप जोराले ५६ रन बनाएका छन भने कुशल भुर्तेलले ५९ रन बनाए । त्यस्तै, विवेक यादवले ४ बलमा १९ रन बनाए । गुल्सन झा १५ रनमा नटआउट रहे । कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए । पीएनजीका असद भालाले २ विकेट लिए । पीएनजीसँग भएका पछिल्ला तीन वटै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विजयी रहेको नेपाल आज विजयी भएमा फाइनल पुग्नेछ । फाइनल भोलि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर