चेल्सीद्वारा न्युक्यासल ३-२ गोलले पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले न्युक्यासल युनाइटेडमाथि जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा चेल्सीले न्युक्यासललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा नोकोलस ज्याक्सन, कोल पाल्मर र मिखैलो मुड्रिकले एक एक गोल गरेका थिए । त्यसैगरी न्यूक्यासलका लागि अलेक्जेन्डर इसक र ज्याकोब मर्फीले एक एक गोल गरेका थिए । यो जितपछि चेल्सीको २७ खेलमा ३९ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ । त्यसैगरी न्यूक्यासलको भने २८ खेलमा ४० अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर