राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन हुँदै

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनको मैदाना दुईजना उम्मेदवार छन्। राष्ट्रियसभाको बैठक ११ बजेका लागि बोलाइएको छ ।

अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट सांसद नारायण दाहाल र नेपाली कांग्रेसबाट सांसद युवराज शर्माले उम्मेदवारी दिएका छन्।

राष्ट्रियसभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन्। नयाँँ गठबन्धनको हिसाबले माओवादीका नारायण दाहालले लगभग जित्ने पक्का भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर