राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमबार नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल छन् ।
यसैगरी शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका किरणबाबु श्रेष्ठ छन् । भोलि मङ्गलबार बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर