बाइडेनद्वारा नेतन्याहूको आलोचना

काठमाडौं ।  इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गाजामा जारी युद्धप्रति देखाएको दृष्टिकोणले इजरेललाई सहयोग गर्नुको सट्टा बढी क्षति पुर्‍याइरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । गाजाको मानवीय सङ्कट झनै विकराल बन्दै गएको र यसले अमेरिकी संसद्मा राष्ट्रपतिको विपक्षमा कडा विरोध भइरहेको समय वाइडेनले दक्षिणी गाजाको रफामा इजरेलको आक्रमणको चेतावनीबारे विरोधाभाषपूर्ण टिप्पणी आएको होे ।

“नेतन्याहूलाई इजरेलको रक्षा गर्ने अधिकार छ, हमासलाई पछ्याइरहने अधिकार छ”, बाइडेनले भने, “तर उहाँ (नेतन्याहू) ले चालेका कदमका कारण निर्दोष मानिसको ज्यान जानेतर्फ बढी ध्यान दिनुपर्छ ।” “मेरो विचारमा उहाँले इजरेललाई सहयोग गर्नुभन्दा पनि बढी चोट पुर्‍याइरहनुभएको छ”, उनले थपे । रफाको २४ लाख बासिन्दामध्ये करिब १५ लाख अहिले गाजामा सुरक्षाका लागि पुगेका विस्थापित प्यालेष्टिनी नागरिक रहेका छन् । यस क्षेत्रमा हुने आक्रमणले ठूलो मानवीय जोखिम निम्त्याउन सक्ने भन्दै रफामा इजरेलको सम्भावित आक्रमणको बारेमा बाइडेनको अस्पष्ट देखिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर