छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं । अछाम जिल्लामा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । मंगलसेन नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय युवकले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा एक्लै भएको बेलामा छोरीलाई बलात्कार गरेको पीडितको आमाले देखेपछि घटना बाहिर आएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।

आरोपितलाई घरबाट पक्राउ गरी अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ । बालिकाको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षणपछि प्रहरीको निगरानीमा रहने गरी आमाको जिम्मा लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर