नेप्से आज आइतबार दोहोरो अंकले बढेर बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २२.१० अंकले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९४ वटाको बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । आज चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य आज ७.०६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको २२ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर