एट्लेटिको म्याड्रिडको अप्रत्यासित हार

काठमाडौं ।  स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको म्याड्रिडले रेलिगेसन जोनको टीम काडिजसँग अप्रत्यासित हार भोगेको छ । शनिवार राति भएको खेलमा लिगमा १८औं स्थानमा रहेको काडिजले आफ्नो घरेलु मैदानमा एट्लेटिकोलाई २–० गोल अन्तरले स्तब्ध बनाएका हो । काडिजको रोमाञ्चक जीतमा २ वटै गोल जुआमानीले गरेका थिए । उनले पहिलो गोल २४औं र दोस्रो गोल ६४औं मिनेटमा गरेका थिए । यो जीतपछि काडिज २८ खेलपछि २२ अंकका साथ १८औं स्थानमा छ । उ १७औं स्थानको सेल्टा भिगोभन्दा २ अंकले पछि छ ।

एट्लेटिकोका लागि भने यो सिजनको सातौं हार हो । यो हारपछि एट्लेटिकोलाई अब शीर्ष ४ मा रहँदै च्याम्पियन्स लिगको स्थान बचाउन चर्को दबाब खेप्नुपर्ने अवस्था आएको छ । उसलाई पाँचौं स्थानको एथ्लेटिक बिल्बाओले दबाब बढाउन निश्चित छ । एट्लेटिको २८ खेलपछि ५५ अंकका साथ चौथो स्थानमा रहेको छ । उ अब एक खेल कम खेलेको पाँचौं स्थानको एथ्लेटिक बिल्बाओभन्दा मात्रै ५ अंकले अघि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर