मौसम: देशका पहाडी भू-भागमा आंशिक बदली रहने

काठमाडौं ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आइतबार देशका पहाडी भू-भागसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै भूभागमा आंशिक बदलीको अवस्था छ। देशको बाँकी  भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश सहित देशका पहाडी  भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ। आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भूभागका एकदुई स्थानमा हल्का  हिमपातको  सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर