त्रिकोणात्मक श्रृंखलामा नेपाल आज हङकङसँग भिड्दै

काठमाडौं ।  त्रिकोणात्मक श्रृंखलामा नेपालले आज पहिलो खेलमा हङकङसँग खेल्दै छ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली हङकङ भ्रमणमा रहेको हो । नेपालले भोलि सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ । मंगलबार श्रृंलाको फाइनल हुनेछ । यसअघि हिजो हङकङसँगको मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको थियो । जितका लागि हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर