नेपाल हङकङसँग पराजित

काठमाडौं । आईसीसी टी–२० आई मैत्रीपूर्ण प्रतियोगितामा हङकङसँग नेपाल ७३ रनको फराकिलो अन्तरले पराजित भएको छ। टस हार्दै पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा मात्र ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। बाबर हयातको उत्कृष्ट शतकीय इनिङ्समा हङकङले नेपाललाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

तर जवाफी ब्याटिङमा उत्रिएको नेपाल मात्र १६ दशमलव ४ ओभरमा अलआउट हुँदै १३९ रनमै समेटियो। नेपालका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाउँदा रोहित पौडेलले ३० तथा आरिफ शेखले ३८ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका अजिज खानले कसिलो बलिङ गर्दै चार विकेट लिए। यस्तै एहसान खानले ३ तथा अतिक इकबाल र नरसुल्ला रैनाले एक/एक विकेट लिए।

नेपालले हङकङमा भोलिदेखि पपुवा न्युगिनी र हङकङसँग त्रिकोणात्मक टी–२० आई सिरिज खेल्दैछ। त्यसैको तयारी स्वरुप आज नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर