कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिने

काठमाडौं । केन्द्रीय सत्ता राजनीतिमा चित परेको नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारीको बैठकमा उक्त निर्णय गरिएको हो । कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रियसभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने भएको छ । कांग्रेसले उम्मेदवारको चयन भने राष्ट्रियसभाका सदस्यको बैठक पछि गर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर