दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १३.५१ अंकले बढेको छ। यसदिन शेयर बजार परिसूचक नेप्से आज ०.६७ प्रतिशतले बढेर दुई हजार ३० दशमलव ५५ विन्दुमा पुगेर बन्द भएको छ।
बिहीबारको बजारमा ८९ लाख २९ हजार १५२ कित्ता शेयर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा २६ करोड रूपैयाँ कमी आएको छ।
बिहीबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ।