कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- सोच, विचार गरेर नै नयाँ गठबन्धन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले राजनीतिक बेइमानको उपमा दिएपछि आफूले राजनीतिक बेइमानी नगरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको भनाइलाई प्रष्टाउँदै त्यसको खण्डन गरेका हुन् ।

प्रधानमन्त्री दाहालले आफूले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले सोच, विचार गरेर नै नयाँ गठबन्धन बनाएको बताए ।

उनले यसलाई इमान र बेइमान भन्दापनि राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित हुने बताए । उनले आफुसँग हुँदा इमान हुने र अर्को सँग हुँदा जाने बित्तिकै बेइमान नहुने भन्दै यो विषय राजनीतिक परिस्थिति र राजनीतिक मुद्दामा निर्भर रहने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर