भक्तपुरमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा प्रजापतिको मृत्यु

भक्तपुर । भक्तपुरमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। भक्तपुरको जगातीमा गत मंगलबार राति भक्तपुर नगरपालिका–१ को च्यामासिंह चोकमा बा ३ ख ६४०६ नम्बरको बसले पैदलयात्री लिवालीका ८५ वर्षीय विष्णुभक्त प्रजापतिलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका प्रजापतिको गएराति बीएण्डबी अस्पातलमा उपचारको क्रममा ११ बजे निधन भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता एसपी वसन्त पाठकले जानकारी दिए।

ठक्कर दिने बस र चालक काभ्रेको नमोबुद्ध नगरपालिका–७ का २३ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर