म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

काठमाडौं ।  युरोपियन च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा स्थान बनाएको छ। बुधबार राति भएको खेलमा सिटीले डेनिस क्लब एफसी कोपनहेगनलाई ३-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो।

यसअघि सिटीले पहिलो लेगमा पनि ३-१ को जित निकालेको थियो। फराकिलो जितसँगै सिटीलगातार सातौं सिजन क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो। घरेलु मैदानमा बलियो देखिएको सिटीले पहिलो हाफमै गरेको तीन गोल दोस्रो हाफमा कायम राख्न सफल भएको थियो।

खेलमा म्यानुअल अकाञ्जीले पाँचौं मिनेटमानै गोल गर्दै सिटीलाई अग्रता दिलाए। ९ मिनेट भित्रै अग्रता दोब्बर बनाउने क्रममा जुलियन अल्भारेजले सिटीको अग्रता दोब्बर बनाए। यद्यपि, एल्यौनौसीले गोल फर्काउँदै कोपनहेगनलाई खेलमा फर्काउने प्रयास गरे। तर पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेल अर्लिङ हालान्डले तेस्रो गोल गर्दा सिटीले फराकिलो अग्रता बनायो।

दोस्रो हाफमा दुवै तर्फबाट थप गोल हुन नसक्दा सिटी समग्रमा ६-२ ले अघि रहँदै क्वाटरफाइनल प्रवेश गर्यो । इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदार लिभरपुलसँगको खेल अघि सिटीको उच्च लयले प्रशिक्षक पेप ग्वार्डिओला उत्साहित बनेका छन्। आइतबार उपाधि होडमा रहेको सिटी र लिभरपुल प्रतिस्पर्धा गर्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर