देउवाको रणनीति मधेशवादी दलहरूसँग छलफल

काठमाडौं । माओवादीले अकल्पनीय रूपमा कांग्रेससँगको गठबन्धन तोडेपछि सभापति शेरबहादुर देउवा पनि संसदीय गणितअनुरूप रणनीति चाल्न सक्रिय भएका छन् । देउवाले आज बुधबार मधेश केन्द्रित दलका नेताहरुसँग सम्भावित भावी कदमका सम्बन्धमा गहन छलफल गरेका छन् । छलफलमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी भएका थिए ।

सभापति देउवाले आज बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर छलफलका क्रममा नयाँ गठबन्धनमा सामेल नहुन आग्रह गरेका थिए । तर वामपंथीबीच ध्रुवीकरणका उनको आग्रहको सुनुवाइ हुन सकेन । उल्टो नेकपा एसले प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने निर्णय गर्नुका साथै नयाँ गठबन्धनसँग बार्गेनिङ गरेका छन् ।
यस्तै जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा आफ्नो पार्टीको नेतृत्वको सुनिश्चितता खोजेकाले अहिले विस्ता र हुन लागेको सरकारमा जाने सांसदहरूको नामावली बुझाएनन् । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई वेट एन्ड वाचको रूपमा हेरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर