पेरूका प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलालाई एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि मङ्गलबार राजीनामा दिएका छन् । ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेस गर्ने निर्णयको घोषणा गरेको छु ।”

ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन् । उनले राष्ट्रपति डिना बोलुआर्टेको चिफ अफ स्टाफको रूपमा समेत काम गरेका थिए । ओटारोलाले एक २५– वर्षीया युवतीलाई क्यानडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिएको थियो । ५७ वर्षीय ओटारोला विवाहित हुन र उनका पाँच सन्तान छन् ।

गत हप्ताको अन्त्यमा, टेलिभिजन कार्यक्रम प्यानोरमाले यस वर्ष सरकारको लागि अभिलेख र प्रशासनिक काम गर्न कूल १४ हजार अमेरिकी डलरको दुई सम्झौताहरू प्राप्त गरेकी २५ वर्षीया याजिरे पिनेडो नामकी एक महिलालाई उक्त सम्झौता गरिदिन पदीय मर्यादाविपरीत निर्देशन दिएको उल्लेख गर्दै विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर