मन्त्री बर्खास्तपछि लुम्बिनीमा माओवादीकाे समर्थन फिर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट बनेका दुइ जना मन्त्रीलाई बर्खास्त गरेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नेतृत्वमा रहेको सरकारबाट समर्थन फिर्ता लिँदै माओवादी सरकारबाट बाहिरिएको हो ।
वैशाख १४ गते चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रलगायत ८ राजनीतिक दलको समर्थनमा सरकार बनेको थियो । केन्द्रीय राजनितीमा आएको फेरबदलका कारण लुम्बिनीमा पनि एमाले-माओवदीलगायत दलको सरकार बनाउन गृहकार्य सुरु भएको छ ।

यसैबिच नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी संसदीय दल गण्डकीको आज बिहान बसेको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर