माधव नेपाललाई मनाउन प्रचण्ड र ओली कोटेश्वर पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली कोटेश्वरस्थित माधव नेपालको निवासमा पुगेका छन्।

पछिल्लो राजनीतिक विकासक्रका दृश्य, परिदृश्यबाट आफूलाई अलग राखिएको प्रधानमन्त्री प्रचण्डप्रति गुनासो राखेका नेपाललाई मनाउन, फकाउन प्रधानमन्त्री दाहाल र ओली उनकै निवासमा पुगेका हुन्।

कांग्रेससँगको गठबन्धन परित्याग गरेर एमालेसहितको नयाँ गठबन्धनमा सोमबार सहभागी भएपछि प्रधानमन्त्री दाहालले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर अध्यक्ष नेपाललाई भेट्न पुगेको थिए। त्यसबेला पनि ओलीले बालुवाटारबाट माधव नेपाललाई टेलिफोन गरेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर