नयाँ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु

काठमाडौं । नयाँ सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सोमबार साँझ बालुवाटारमा सुरु भएको छ। मन्त्रालयको टुंगो लगाउन, सरकार सञ्चालनको कार्यविधि तयार गर्नेविषयमा छलफल केन्द्रित रहने बताइएको छ ।
चार सदस्यीय सत्ता गठबन्धन कार्यदलले तयार पारेको प्रस्तावमाथि शीर्ष नेताहरुले छलफल गर्ने जनाइएको छ । नेताहरुका अनुसार अहिले शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु बैठकमा सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित छन् ।

यसैगरी, कार्यदलमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि बैठकमा संलग्न भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर