नेप्सेमा आज उच्च अंकको गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंगलबार उच्च अंकको गिरावट आएको छ । सोमबार ६ प्रतिशतले बढेको नेप्से मंगलबार भने ७०.३१ अंकले घटेर दुई हजार ७ दशमलव ६९ विन्दुमा बन्द भएको हो ।   नेप्सेमा आज ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३३ वटाको बढेको छ भने २१३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.७३ प्रतिशतले बढेर प्रतिकित्ता ९९५ रुपैयाँ पुगेको छ ।  आज बोटलसै नेपाल बालाजु लिमिटेडको शेयरमूल्य उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ४१ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर