एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

काठमाडौं । नेकपा एमाले संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएको छ । सो दलका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरूलाई आज उक्त जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषदमा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएको हो । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर