नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्ससँग भएको फाइनल खेलमा १८५ रनको चुनौती दिएको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए। यस्तै गुलशन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे।

करण केसीले ९ रन जोड्दा सोमपाल कामी र प्रतीश जिसीले नटआउट ६/६ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १ रन तथा आरिफ शेख शून्य रनमै आउट भए।
नेदरल्यान्ड्सका लागि साइब्रान्ड एंगलब्रेच्ट, माइकल लेविट, टीम भानडर गुटेन र क्लासनले समान २/२ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर