सत्ताबाट चिप्लिएपछि बैठक बस्दै कांग्रेस पार्टी

काठमाडौं । संघीय सत्ताबाट चिप्लिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको उनले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। सरकारबाट बाहिरिएपछि कांग्रेसी नेताहरू वामन्थीहरूले धोका दिएको टिप्पणी गर्दै हिँडेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर