गण्डकीमा माओवादी केन्द्रका दुईजना मन्त्री बर्खास्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका दुईजना मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली बर्खास्त भएका हुन् ।

ती दुबै मन्त्रीलाई मन्त्री पदबाट आज मंगलबार हटाइएको मुख्मन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । गत वैशाख १५ गते सिम्खडा र जुग्जाली वैशाख २९ गते मन्त्रीमा नियुक्त्त भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर