सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई हजार वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएकोे छ ।

हिजो सोमबार प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार चार सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २० हजार चार सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ले बढेर एक हजार चार सय ४५ तोकिएको महासङ्घले जनाएको छ । यसअघि गत पुस १२ गते प्रतितोला एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर