एक बालिकाको घाँटी रेटेर हत्या

काठमाडौं । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा– ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले घाँटीमा धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरेको छ।

खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका–६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो । दुई वर्ष अगाडिदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ।

घट्नाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्नु नसकेकाले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर