नयाँ सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति

काठमाडौं ।  नयाँ सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच सत्ता सहकार्यबारे ८ बुँदे सहमति भएको हो । उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ । सहमतिको दोस्रो बुँदामा राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले पाउने कुरा उल्लेख गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर